फौजदारी कसुरमा कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने जाँचबुझ आयोगको निर्णय
काठमाडौं । गत भदौ २३ र २४ गते भएको घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने बताएको छ।
मंगलबार सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा प्रतिवेदन कुर्न नपर्ने बताएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।’
आयोगलाई भौतपक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बनधमा आवश्यक राय दिने समेतको कार्यदेश रहेको विज्ञप्तिमा उल्लेख छ।
आयोगले असोज ९ गतेदेखि छानबिनको प्रक्रिया अघि बढाएको थियो। आयोगलाई तीन महिनाको समय दिइएको छ।

प्रतिक्रिया दिनुहोस्: