Bagmati Samachar Logo

बालेन–सुदनविरुद्धको जाहेरी पनि प्रहरीले लियो, २४ घण्टाभित्र निर्णय लिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका सुदन गुरुङविरुद्धको किटानी जाहेरी प्रहरीले बुझेको छ । यसबारे २४ घण्टाभित्र निर्णय लिने प्रहरीले जानकारी गराएको अनेरास्ववीयुका महासचिव दिपक धामीले बताए ।

उनले भने,‘बालेन र सुदन विरुद्धको किटानी जाहेरी प्रहरीले बुझेको छ । २४ घण्टा पछि जानकारी दिन्छौँ भनेको छ ।’

बालेन र सुदनविरुद्ध एमालेको भ्रातृ संगठन अनेरास्ववियुका नेताहरूले सिंहदरबारसहित राज्यका संरचना जलाएको तथा प्रहरीको हत्या गरेको आरोपमा किटानी जाहेरी दिएका हुन् ।

यसअघि अर्को समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले बुझेर जाँचबुझ आयोगमा पठाएको छ ।