Bagmati Samachar Logo

प्रहरीले लियो ओली र लेखकविरुद्धको जाहेरी

काठमाडाैं । हामी नेपाल संस्थाका सदस्य र जेन–जी आन्दोलनका शहीद परिवार काठमाडौं प्रहरी परिसरमा तत्काली प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरद्ध किटानी जाहेरी बुझाएका छन् ।

उनीहरू ओली र निवर्तमान गृहमन्त्री तथा लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै जाहेरी लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुगेका थिए ।

प्रहरीले जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको बताइएको छ । हिजो प्रहरीले जाहेरी लिन इन्कार गरेको थियो । प्रधानमन्त्री सुशीला कार्कीले यसबारे गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरेकी थिइन् । त्यसपछि आज प्रहरीले जाहेरी बुझेको हो ।