Bagmati Samachar Logo

२१ फागुनको चुनावका निर्वाचन आयोगद्धारा कार्यतालिका सार्वजनिक

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । सोमबार आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार १ देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने तालिका छन् । त्यस्तै, ३ देखि १८ फागुनसम्म चुनाव प्रचारप्रसार हुने र त्यसपछि प्रचारप्रसार निषेधको अवधि हुने तालिका छ ।

२१ फागुनमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८ र १९ पुसमा बन्दसूची गर्ने आयोगको कार्यक्रम छ ।

कार्यतालिकामा १ देखि १० मंसिरसम्म आयोगमा दल दर्ता गरिसक्नुपर्नेछ ।