Bagmati Samachar Logo

सात सहसचिवको सरुवा : गृह, सञ्चार, सामान्य र उद्योग मन्त्रालयमा हेरफेर

काठमाडौँ । सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गरेको छ ।

असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको थियो । तर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी उक्त निर्णय सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार सङ्घीय मामिलाका सहसचिव रुद्रसिंह तामाङ ऊर्जा जलश्रोत तथा सिँचाइ, ऊर्जा जलश्रोत तथा सिँचाइका शम्भुप्रसाद मरासिनी उद्योग वाणिज्य तथा आपूर्ति, सञ्चार मन्त्रालयका गजेन्द्र ठाकुर अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगका जीवलाल भुसाल कृषि, सङ्घीय मामिलाका छवीन्द्र पराजुली सञ्चार तथा सूचना प्रविधि, गृह मन्त्रालयका छविलाल रिजाल सङ्घीय मामिला र गृहकै तीर्थराज भट्टराई सङ्घीय मामिलामा सरुवा भएका हुन् ।