बिपी राजमार्गमा फसेका मिर्गौला पीडितको हेलिकप्टरबाट उद्धार
काठमाडौं । बिहिबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् । त्यस्तै बिपी राजमार्ग पनि अवरुद्ध भएको छ । यहाँ धेरै यात्रीहरु अलपत्र अवस्थामा परेका छन् । बिपी राजमार्गमा फसेका मध्ये एक मिर्गौला पीडितको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार वर्षाले बिपी राजमार्ग अवरुद्ध हुँदा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं.०२ बस्ने २८ वर्षीय मिर्गौला पीडित राजकुमार सिजाली मगरलाई नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त सहकार्यमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानतर्फ पठाइएको छ ।
अविरल वर्षाका कारण बिपी राजमार्गको भकुण्डेबेशीदेखि सिन्धुली नेपालथोकसम्मका विभिन्न स्थानमा रोशी खोलामा पानीको बहाब बढेर सडक कटान भई पूर्ण रूपमा अवरुद्ध भएको छ । अझै पनि उद्दारको पहल जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: