खोलाले बगाएको नेपाल टेलिकमको जिप डोजरले तानेर निकाल्यो
काठमाडाैं । महोत्तरीको रातु खोलाले बगाएको नेपाल टेलिकमको जिप डोजरले तानेर निकालीएको छ । शनिबार साँझ सो जिप डोजरको सहायतामा सशस्त्र प्रहरी बलले निकालेको सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नेपाल टेलिकमको प्रदेश ३ ०१ ४५२७ नम्बरको नम्बरको उक्त जिप भंगाहा नगरपालिका ५ जमुनियाबाट बिर्तातर्फ जाने क्रममा खोलाले बगाएको थियो।
सुरक्षा बेस भंगाहाबाट खटिएको सुरक्षा फौजले डोजरले तानेर करिब ५० मिटर तलबाट जिप निकालेको हो। जिपका चालक सकुशल रहेका प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: