तमोर दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, ६ जनाको उद्धार
काठमाडौं । तमोर नदीमा जिप खसेर भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
ताप्लेजुङबाट धरान जाँदै गरेको मे १ ज ३०५५ को जिप आज बिहान पाँचथरको कुम्मायक– ३ कात्तिकेबाट तमोर नदीमा खसेको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा तीन जना पुरुष र तीन जना महिला रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरे ।
अन्य ६ जना घाइते भएका छन्, उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये एक जना ८ वर्षीय बालक रहेको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्: