Bagmati Samachar Logo

अविरल वर्षाबारे मौसम विभागले जारी गर्‍यो दशबुँदे अपडेट

काठमाडाैं । गए रातीदेखि देशभर जारी वर्षाका विषयमा जल तथा मौसम विज्ञान विभागले दशबुँदे जानकारी सार्वजनिक गरेको छ। विभागले काठमाडौं जिल्ला स्थित बागमती जलाधारको जलमपान केन्द्रहरु र कमला जलाधार क्षेत्रको जलमापन केन्द्रहरुको सतह बढ्दो क्रममा रहेको र राती सतर्कता तह पार गर्ने सम्भावना रहेको जानकारी दिएको छ ।

यस्तो छ, मौसम विभागले जारी गरेको अध्यावधिक जानकारी

१. आज सनिबार दिउँसो १.५० बजे सम्म देशका सवै प्रमुख नदीहरुमा जलसतह सतर्कता तह भन्दा तल रहेको।
२. पछिल्लो ६ घण्टामा मधेश र बागमती प्रदेशका जिल्लाहरुमा हल्का देखि माध्ययम बर्षा मापन भएको र कोशी प्रदेशको धेरै जसो जिल्लाहरुमा हल्का वर्षा मापन भएको।
३. काठमाडौं जिल्ला स्थित बाग्माती जलाधारको जलमपान केन्द्रहरु र कमला जलाधार क्षेत्रको जलमापन केन्द्रहरुको को सतह बढ्दो क्रममा रहेको र राती सतर्कता तह पार गर्ने सम्भावना रहेको
४. आज दिउँसो देखि मधेस, बागमती, गण्डकी र लुम्विनी प्रदेश भइ बहने नदीहरुमा बहाब उल्लेख्य बढ्न शुरु हुने
५.आज राती नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुं, लम्जुङ्, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरु भइ बहने स(साना नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको।
६. भोली आइतबार विहान देखि बेलुकी सम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्सयाङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र आसपासका नदीहरु तथा तिनका शाखा नदीहरुमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने
७. आइतबार राती देखि कोशी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने
८. बाढी र डुवान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता जरुरी
९. कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन आवश्यक।
१०. हाम्रो सामाजिक सञ्जाल (मौसम विभाग) नेपाल बाढी सूचनाू फेसबुक र एक्स (ट्विटर) मा हेर्दै गर्नुहोला।