कपिलवस्तुमा बस दुर्घटना हुँदा एकको मृत्यु, ४ जनाको अवस्था गम्भीर
काठमाडाैं । कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शिवपुरी यातायात प्रा.लि.धनगढीको ना १ ख ५७०३ नं.को बस दुर्घटना हुँदा आज बहिान ८ं२० बजे लुम्बिनी सि.टि.अस्पताल बुटवलमा उपचारका क्रममा दिपायल सिलगढी न.पा.१ बस्ने बर्ष सरस्वती खड्काको मृत्यु भएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले बताए ।
सिंहका अनुसार दुर्घटनामा परी गम्भीर घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
बस अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टन जाँदा बसमा सवार ४० जना मध्य २०–२२ जना घाईतेको उपचार सन्जिबनी सामुदायिक अस्पताल चन्द्रौटा भइरहेको सिंहले जानकारी दिए ।
दुर्घटना कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसवासामा भएको हो ।
घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको सिंहले जानकारी दिए । गम्भीर र मध्यम अवस्थाका घाइते १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल ल्याइएको छ ।
लुम्बिनी सि.टि.अस्पताल बुटवलमा उपचार भईरहेका घाईतेहरु
१.कन्चनपुर पुनरबास न.पा.८ का बर्ष ४४ को शन्त बहादुर सुनार छाती र हात कुट्टामा चोट अवस्था सिरियस ।
३अछाम साफे न.पा.३ का बर्ष ४० को रमेश कुवँर शरिरको भिन्न भागमा चोट अवस्था सिरियस
४अछाम साँफे न.पा ३ काबर्ष ३१ कि बिष्णा कुमारी रावत शरिरको खुट्टामा चोट अवस्था सामान्य ।
चौराहा हस्पिटल बुटवलमा उपचार भईरहेका घाईतेहरु
१. बैतडी पाटन न.पा. ४ बस्ने बर्ष २७ महेश बिष्ट टाउकोमा चोट ,अवस्था मध्यम
२ .डोटी क्यासिन गा.पा.१ बस्ने बर्ष २६ प्रकाश घर्तिमगर टाउकोमा चोट,अवस्था मध्यम
३.अछाम साफेबगर न.पा. ८ बस्ने बर्ष ३८ को टपेन्द्र बोहोरा छातिमा चोट, अवस्था मध्यम
४.कैलाली गोदाबारी न.पा .३ बस्ने बर्ष ३५ को रमेश ब।बोहोरा टाउको र आखाँमा चोट, अवस्था मध्यम
५.अछाम साफेबगर न.पा.३ बस्ने बर्ष १२ कि सानु रावत टाउकोमा चोट सामान्य
६.कैलाली गोदाबारी न.पा.५ बस्ने बर्ष ३१ को गणेश कार्की शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
७.कैलाली बर्दोगोरिया गा.पा.५ बस्ने बर्ष २३ को प्रदिप चौधरी हात खुट्टामा चोट अवस्था मध्यम
८.कन्चनपुर भिमदत्त न.पा.१ बस्ने बर्ष २२ को रोहित ओड शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम
९.कैलाली कैलारी गा.पा.६ बस्ने बर्ष २७ कि कैलाश कोटी शरिरको बिभिन्न भागमा चोट अवस्था, सिरियस
१०. कैलाली कैलारी गा.पा ६ बर्ष ५५ कि राम कुमारी कुमाल शरिरको बिभिन्न भागमा चोट, अवस्था सिरियस
११कैलाली कैलारी गा.पा ६ बस्ने निजको नातिनी बर्ष १ कि सनाया कुमाल हात कुट्टामा चोट, अवस्था मध्यम
१२.।कैलाली कैलारी गा.पा. ६ बस्ने बर्ष ३० को शिवनारायण कुमाल टाउकोमा चोट ।अवस्था मध्यम
सन्जिबनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको ।
१ बैतडी पाटन न.पा.५ बस्ने बर्ष २६ को हरिष शिंह ठगुन्ना हात खुट्टामा चोट सामान्य ।
२. बैतडी पाटन न.पा बस्ने बर्ष २२ को करण ठगुन्ना बाया हात र टाउकोमा चोट अवस्था सामान्य , डिस्चार्ज
३. कन्चनपुर बेतकोट न.पा.१० बस्ने बर्ष २० को मनिष बडु ढाट र टाउकोमा चोट अवस्था सामान्य , डिस्चार्ज
४.बैतडी पाटन न.पा.५ बस्ने बर्ष ३३ को शंकर शिंह बोहोरा हात खुट्टामा चोट अवस्था सामान्य, डिस्चार्ज
५. कैलाली धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ३८ को दिपक साकि हात खुट्टामा चोट अवस्था सामान्य
६.डोटी दिपायल सिलगढी न.पा.९ बस्ने बर्ष २४ को खडक साउत टाउकोमा भित्री चोट सामान्य
७.डोटी आदर्श गा.पा.५ बस्ने बर्ष २५ को भक्त ब।बि।क।दाया हात ढाडमा भित्री चोट सामान्य
८.डडेलधुरा अजयमेरु गा.पा.२ बस्ने बर्ष २८ को आशिष अयर हातमा चोट सामान्य, डिस्चार्ज
९.पाल्पा माथागढी गा.पा.४ बस्ने बर्ष २८ को मिन ब।बि।क।टाउकोमा भित्री चोट सामान्य ,डिस्चार्ज
१०. डोटी शिलगढी न.पा.५ बस्ने बर्ष २४ को रोसन लोहार बाया हातमा चोट सामान्य
११. दाङ लमही न।पा।६ बस्ने बर्ष २४ को सन्देश नेपाली छातिमा भित्री चोट सामान्य
१२.कैलाली धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ३८ को भक्त ब।बुढा ढाडमा भित्री चोट सामान्य, डिस्चार्ज
१३. डडेलधुरा भागेश्वर गा.पा.२ बस्ने बर्ष ३० को पुष्कर टमटा बाँया कानमा बाहिरी चोट सामान्य , डिस्चार्ज
१४. डोटी शिखर न.पा. ७ बस्ने बर्ष ३१ को खडक ब. बलायर हात खुट्टामा चोट अवस्था सामान्य, डिस्चार्ज
१५. कैलाली गोदावारी न.पा.५ बस्ने बर्ष ४१ को राजेन्द्र बिष्ट बाँया खुट्टामा चोट अवस्था सामान्य ,डिस्चार्ज
१६.दार्जुला लेगाम गा.पा.५ बस्ने बर्ष ३८ को कुन्दन सिंह बोहोरा बाया आखा माथी चोट सामान्य, डिस्चार्ज
१७. कैलाली धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ३४ को रमेश बि.क.टाउकोमा भित्री चोट अवस्था सामान्य
१८. कैलाली गोदाबारी न.पा. ३ बस्ने बर्ष ३४ को बसन्त बोहोरा हात खुट्टामा चोट अवस्था सामान्य
१९. कन्चनपुर पुनरबास न.पा .८ बस्ने बर्ष ३२ को नमराज भाली टाउकोमा भित्री चोट सामान्य, डिस्चार्ज
२०. कैलाली कैलाली गा.पा. ३ बर्ष १८ कि परिता चौधरी दाया खुट्टा चोट सामान्य, डिस्चार्ज
२१. कैलाली धनगढी उ.म.न.पा. १ बस्ने बर्ष ३० को शुनिल जोशी हात खुट्टामा चोट अवस्था सामान्य , डिस्चार्ज
२२.तडी दसरथचन्द्र न.पा. १ बस्ने बर्ष ३७ को मोहन सिंह भाट हात खुट्टामा चोट अवस्था सामान्य, बुटवल रिफर
३७ जना घाइते मध्ये ४ जनाको अवस्था सिरियस , ९ जनाको अवस्था मध्यम र २४ जनाको अवस्था सामान्य , जसमध्ये १३ डिस्चार्ज,सिटि अस्पताल बुटवलमा उपचार ३ जना,चौराह अस्पताल बुटवलमा १२ जना र संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा ९ जना गरी २४ जना उपचारमा भइरहेको सिंहले जानकारी दिए ।
सह.चालक कन्चनपुर कृष्णपुर न.पा.७ बस्ने बर्ष २० को प्रकाश बि.कलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको छ ।
चालक धनगढी बस्ने बर्ष दिलिप मगर भने फरार रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: