झलनाथ पत्नी रविलक्ष्मीलाई श्रीयरको यरएम्बुलेन्सबाट उपचारका दिल्ली लगियो
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारको लागि भारत लगिएको छन् । २४ भदाैमा भएकाे जेनजी प्रर्दशनको क्रममा उनको घरमा आगजनी गरेपछि जलेर गम्भीर घाइते भएकी थिइन् ।
उनको फोक्सोमा धुवाँ भरिएकाले नेपालमा उपचार गर्न सम्भव नभएकाले भारत लगिएको उनी खनाल निकटले जानकारी दिएका छन् । चित्रकारको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुने छ ।
प्रर्दशनकारीले खनालको निजी निवास डल्लुस्थित घरमा आगजनी गर्दा रवि लक्ष्मी जलेर गम्भीर अवस्थामा पुगेकी थिइन् । सोही दिन उनलाई सैनिक अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा उनको देब्रे हात काटिए पनि सोचेअनुसार स्वास्थ्यमा सुधार हुन सकेन । फोक्सोमा धुवाँ भरिनुका साथै निमोनिया समेत देखिएपछि थप उपचारका लागि भारत लैजान चिकित्सकले समेत सल्लाह दिएको स्रोतले बताए ।
स्रोतका अनुसार नेता खनाल, छोरा निर्भिक र खनालका स्वकीय सचिव कृष्ण भट्टाराई साथमा उनीसँगै दिल्ली प्रस्थान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: