फागुन २१ गते निर्वाचनको मिति घोषणा हुदै
काठमाडौं । अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गर्न लागिएकाे बुझीएकाे छ । शितलनिवास उच्च स्रोतका अनुसार प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रीपरिषदले आजै संसद विघटनको प्रस्ताव गर्ने र साथै आजै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छन् ।
प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको बताइएको छ ।
तर यसबारेमा औपचारिक निर्णय भइ सकेको छैन । केही बेरमा प्रधानमन्त्रीमा कार्कीको शपथ हुदै छ ।
प्रतिक्रिया दिनुहोस्: