६ करोड बढीको क्रिप्टो र हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ
काठमाडौं । काठमाडौंको कालो पुलबाट हुण्डी र अभौतिक मुद्रा (क्रिप्टोकरन्सी) कारोबार गरेको आरोपमा ४ जना पक्राउ गरेको छ ।
बिहीबार दिउँसो करिब २ः३० बजे काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा महागढीमाईका २ नेपाली ओम प्रकाश जयसवाल (२७) र मनमोहन कुमार सिंह (२५), तथा भारत विहारका विक्रम जयसवाल (३३) र मुन्ना जयसवाल (३३) रहेका छन् ।
पक्राउ पर्नेहरुको साथबाट प्रहरीले नगद १५ लाख ३३ हजार रुपैयाँ र मोबाइल ५ थान बरामद गरेको छ ।थप अनुसन्धानमा उनीहरूले ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: