साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसक्यो : सचेतक बराल
काठमाडौं । नेकपा एमाले सचेतक सुनिता बरालले साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसकेको बताएकी छन्।
बुधबार सूचना, प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले उपयुक्त समयमा सरकारले विधेयक पेस गरेको बताए। सूचना प्रविधि, साइबर सुरक्षा, व्यक्तिगत विवरण र संवेदनशिलताका विभिन्न विषयहरू उल्लेख गरिएको भएपनि यसलाई अझ बढी परिभाषामा अन्तर्राष्ट्रिय मापदण्डलाई अवलम्वन गर्नेकुरामा थप परिष्कृत गर्नुपर्ने बताए।
उनले विद्युतीय अभिलेख राख्ने कुरालाई कानूनी मान्यता दिएको पनि बताएकी छन्। सुरक्षित र भण्डारण गर्ने भनेपनि डाटा मेटाउने र संशोधनको अधिकार व्यक्तिमा नदिँदा व्यक्तिको सूचना प्रणालीलाई कति व्यवस्थित गर्न सकिन्छ ? भन्दै प्रश्न गरे।
‘साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसकेको छ। त्यसकारणले उपयुक्त समयमा सरकारले विधेयक पेस गरेको छ । सूचना प्रविधि, साइबर सुरक्षा, व्यक्तिगत विवरण र संवेदनशिलताका विभिन्न विषयहरू उल्लेख गरिएको भएपनि यसलाई अझ बढी परिभाषामा अन्तर्राष्ट्रिय मापदण्डलाई अवलम्बन गर्नेकुरामा थप परिष्कृत गर्नुपर्ने मेरो बुझाइ छ।’
प्रतिक्रिया दिनुहोस्: