सुनसरीमा सवारी साधन दुर्घटना : तीनको मृत्यु, १५ जना घाइते
काठमाडौं । सुनसरी स्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । साथै १५ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा उक्त दुर्घटना भएको हो ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेको पहिचान हुन सकेको छैन ।
घाइतेहरुको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्: