Bagmati Samachar Logo

कैलाली कारागारका कैदीबन्दीको गणना सकियो

काठमाडौं । कैलाली कारागारमा मानव अधिकार आयोगको रोहबरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले कैदीबन्दीको गणना गरेको छ । ७०० कैदीबन्दी रहेको धनगढी कारागारमा ब्लक ए मा ३९६, बी मा १९८ र महिला ५६ रहेका गणनामा देखिएको छ ।

७०० मध्ये १ जनाको मृत्यु भएको थियो भने ४९ घाइते छन् ।

शुक्रबार रातीदेखि सुरु भएको झडपमा परेर एक जनाको मृत्यु भएको छ । ४९ जना घाइते भएका छन् । उक्त झडप पछि कैदीबन्दीले कारागार नियन्त्रणमा लिएका थिए । ४० घण्टापछि प्रशासनले कारागारभित्र पस्न सकेको छ ।

हाल कारागारको अवस्था सामान्य रहेको मानवअधिकार आयोग प्रमुख प्रकाश भट्टले बताए ।