केटीकाण्डमा फरार पूर्व गभर्नर राजेश अहिराज काठमाडौंबाट पक्राउ
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज झा पक्राउ परेका छन् । नावालिकालाई एअर होस्टेस बनाइदिने प्रलोभनमा जबरजस्ती करणी गरेको आरोप लागेका उनलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको हो ।
प्रहरीमा जबरजस्ती करणीको जाहेरीपछि अहिराज भारतमा लुकिछिपी बस्दै आएका थिए । हालै नेपाल छिरेका उनी काठमाडौंमा गोप्य रुपमा बसेको सूचनाको आधारमा प्रहरीले आज पक्राउ परेका हुन् ।
चैत २५ गते उनीविरूद्ध काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसअघि महिला आयोगमा यसबारे उजुरी परेको थियो ।
अहिराज केपी ओलीको अघिल्लो प्रधानमन्त्रित्वकालमा मधेश प्रदेशको गभर्नर नियुक्त भएका थिए ।
उनीमाथि काठमाडौँको बानेश्वरमा गत वर्ष जेठमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा जाहेरी परेको हो । प्रहरीका अनुसार उनलाई आजै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएर ५ दिनको म्याद थप गरिएको छ ।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए ।
प्रतिक्रिया दिनुहोस्: