Bagmati Samachar Logo

एमालेबाट निर्वाचित कल्याणपुरका मेयर एक लाख घुससहित पक्राउ

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।

अख्तियार अनुसन्धानको टोलीले कल्याणपुरस्थित पालिकाको कार्यालयबाटै मेयर साहलाई घुस रकमसहित पक्राउ गरेको हो ।

बुधबार दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिएलगत्तै नगरप्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको हो ।

अहिले अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर नगरप्रमुख साहलाई सोधपुछ गरिरहेको छ । थप अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको कार्यालय बर्दिबास लगिदै छ । साह नेकपा (एमाले) बाट निर्वाचित नगरप्रमुख हुन्।