सुनसरीमा भिनाजुद्वारा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या
काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–६ को महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ । सोमबार बिहान साढे २ बजेतिर अरसी खातुनमाथि गोली प्रहार गरेर हत्या भएको छ । मृतकको टाउकोमा गोली लागेको छ ।
उनको भिनाजु नाता पर्ने अजाद मियाँ जटले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । आरोपी अजाद मियाँ जट भारतीय नागरिक भएको पनि खुलेको छ ।
गोली प्रहार गर्ने आरोपी २९ वर्षीय जट फरार छन् । आरोपीलाई प्रहरीले खोजी रहेको छ । घटनास्थलमा सानो पेस्तोलमा लाग्ने नपड्केको गोली भेटिएको डीएसपी खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: