Bagmati Samachar Logo

रसुवागढी जलविद्युत आयोजनाका २३ कामदारलाई हेलिकप्टरमार्फत सारियो सुरक्षित स्थानमा

काठमाडौं । रसुवागढी जलविद्युत आयोजनाका २३ जना कामदारको नेपाली सेनाले उद्धार गरेको छ ।
नेपाली सेनाले हेलिकप्टरमार्फत २३ जनालाई सुरक्षित स्थानमा सारिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

चीनतर्फबाट आएको बाढीले जलविद्युत आयोजनामा असर परेको छ । केहि मान्छेहरु वेपत्ता भएका छन् । रसुवागढी जलविद्युत आयोजनामा फसेका कामदार सकुसल उद्धार भएको छ ।

कामदारहरू गोसाइकुण्ड गाउँपालिका २ स्थित उक्त आयोजनामा फसेका थिए।

नेपाली सेनाले प्रहरी, सशस्त्र प्रहरी र स्थानीयसँगको सहकार्यमा उद्धार गरेको हो।

नेपाली सेनाको धादिङस्थित नं .६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशूलीतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुबेँसी इलाकातर्फ बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी सुरू गरेको छ।

मंगलबार बिहान चीनको लेन्डो खोलाबाट आएको बाढीका कारण रसुवागढी नाकाको मितेरी पुल भत्किएको हो। पुल भत्किएपछि चीनसँगको सम्पर्क टुटेको छ।