Bagmati Samachar Logo

प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

काठमाडौं । रसुवामा आएको बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली रसुवा जादैँ छन् ।
मंगलबार बिहान आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली जाने तयारीमा छन् । प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक जाने भएका हुन् ।

बालुवाटार स्रोतका अनुसार दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओलीसहितको टोली जान लागेको हो ।

बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने भएका छन् ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लागेका हुन् ।