भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् ।
आज नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शिव चाम्लिङ भएको बताए ।
शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको र हलेसी भएको क्षेत्र चाम्लिङको थलो रहेको बताए । उनले भने, ‘शिवजी खेल्ने ओडार हलेसीमा पर्छ । उक्त क्षेत्र चाम्लिङको हो । त्यहि भएर भगवान् शिव पनि चाम्लिङ हुन सक्छन् ।’
तर, उक्त विषय आफूले दाबी भने नगरेको ओलीको भनाइ थियो ।
उनले भने, ‘हामी शिवजीले खेलेका ओडारहरूलाई हलेसी भन्छौँ । शिवजी चाम्लिङ थिए की क्या हो जस्तो लाग्छ कहिले काहीँ । त्यो चाम्लिङको थलो हो । हलेसी भनेको चाम्लिङको थलो हो । ‘शिवजी चाम्लिङ पनि हुनसक्छन् । म दाबी गर्दिन त्यसमा, मेरो कुनै दाबी होइन । तर अनुमान हो । अथवा अरु पनि हुनसक्छ । पछि माइग्रेट अरु चिजले मिक्सअप भएको पनि हुनसक्छ । तर भेग त्यही हो ।’
प्रधानमन्त्री ओलीले भगवान राम, विश्वामित्र, वेदव्यास, कपिलमुनी, गौतम बुद्ध नेपालमै जन्मिएको दाबी गरेका छन् । राम , विश्वामित्र ,वेदव्यास, कपिलमुनी , गौतमबुद्ध नेपालमा जन्मिएका हुन भनेर भन्न कुनै डर मान्नु नपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: