Bagmati Samachar Logo

हत्यारा आफैले प्रहरी कन्ट्रोलमा फोन गरेर भने ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्रिन आउनु’

काठमाडौं । संसार विचित्रको छ । विचित्रका घटनाहरु घटित भइरहेका हुन्छन् । त्यस्तै घटना भएको छ भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ मा । भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ स्थित धोदलेखानीमा एक जनाले ससुराली पुगेर ४ जनाको हत्या गरेका छन् । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुरालीमा गएर सासू, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन् ।

चारै जनालाई छुरा रोपेर बीभत्स तवरले हत्या गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । राइले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमति मनिषा गिरी र सालो सपन गिरीको हत्या गरेका हुन् ।

शनिवार राति परिवारको हत्या गरेपछि राइले प्रहरी कन्ट्रोलमा फोन गरेरका प्रहरीले बताएको छ । प्रहरीले राइले फोन गरेको बारेमा जानकारी दिदै भने– ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुस् ।’

११ बजेतिर हत्या गरेर आरोपीले १ बजेतिर फोन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । संवेदनशील सूचना पाएपछि घटनास्थलमा प्रहरी पठाइएको पुगेको थियो। फोन गर्नेले भनेकै ठाउँमा पुग्दा ४ जना मृत अवस्थामा भेटिएका प्रहरीले बताएको छ । हत्यामा संलग्न आरोपीलाई घटनास्थलभन्दा करिब ५ किलोमिटर टाढा हर्बु भञ्ज्याङबाट प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो

हत्यामा संलग्न राजेन्द्रको धरानमा उपचार हुँदै छ । उनको पेटमा चोट लागेको छ । गएराति खाना खाएर सबै जना सुतेको र सल्याङ बल्याङ आवाज आएपछि आफू ब्युँझिदा परिवार नै मिलेर आफ्नो हत्या गर्ने प्रयास भएको आरोपीले प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘सबै जना सुतिरहेका थियौँ सल्याङबल्याङ आवाज आएपछि उठेर हेर्दा सासूले मलाई पेटमा छुरा प्रहार गर्नु भो, त्यही छुरा खोसेर मैले प्रहार गरेँ ।’

हत्यारा राजेन्द्रको श्रीमति मनिषा पारिवारिक विषयमा विवाद भएपछि माइत गरेर बसेकी थिइन् । राजेन्द्र १५ दिन देखि ससुराली गएर बसेका थिए । त्यहि विवाद बढेपछि हत्या भएको प्रहरीका आकलन छ ।