Bagmati Samachar Logo

तातोपानी भन्सारबाट पहिलो पटक हेलिकप्टर आयात

काठमाडौँ । तातोपानी भन्सार नाकाबाट पहिलो पटक हेलिकप्टर आयात भएको छ । तातोपानी भन्सारबाट नेपालमा पहिलो पटक हेलिकप्टर आयात भएको कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल बताए ।
‘हेलिकप्टर आइपुगेको छ । तर, अहिले हामीले भन्सार जाँच पास गरिसकेका छैनौँ । आवश्यक सबै प्रक्रिया पूरा हुन समय लागेको छ । प्रक्रिया पूरा भएसँगै हामी पास गर्छौँ’, उनले भने ।

कन्टेनरमा हालेर बाइ रोड हेलिकप्टर ल्याइएको हो। भन्सार प्रक्रिया पूरा भएपछि एक–दुई दिनमा तातोपानी भन्सार बाटै उडाएर काठमाडौँ ल्याइने कम्पनीले जानकारी दिएको छ।

आयतकर्ता कम्पनी माउन्टेन हेलिकप्टर्सका रामचन्द्र भुसालले बिहीबार हेलिकप्टरको भन्सार जाँचपास गरिने बताए ।

भुसालका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयर बस कम्पनीले निमार्ण गरेको हो । हेलिकप्टर पर्यटन प्रयोजनकै लागि ल्याइएको ताइएको छ ।