Bagmati Samachar Logo

भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन : प्रहरी

काठमाडौँ । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा आन्दोलनकारीलाई उत्तेजित बनाउने दुर्गा प्रसाईंलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव नभएको प्रहरीले बताएको छ ।

तीनकुने घटनाबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता नायब महानिरीक्षक दिनेश आचार्यले भने, ‘ठुलो भिड भएका कारण दुर्गा प्रसाईँलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव भएन ।’

उनले प्रसाईंको खोजी कार्य जारी रहेको र केही दिनमै सफलता पाउने विश्वासमा आफूहरू रहेको बताए ।

राजावादीहरूको आन्दोलनका दिन प्रसाईंले आफैँले चलाएको गाडी मीन भवनमा प्रहरीमाथि चढाउने प्रयास गरेका थिए ।
कार्यक्रम स्थलमा प्रदर्शनकारीलाई भड्काएर उनी फरार भएका हुन् ।