तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय
काठमाडौँ । गृह मन्त्रालयले सोमबार राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा प्रदर्शनमा सहभागी सविन महर्जंन र समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । महर्जनको प्रहरीको गोली लागेर र रजकको प्रदर्शनकारीले घरमा आगो लगाएपछि निसास्सीएर मृत्यु भएको थियो ।
दुबै जनाका परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ ।
स्रोतका अनुसार मन्त्रालयले सञ्चारमाध्यमहरूमा आवश्यक सुरक्षाको प्रबन्ध गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन पनि गृहले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: