Bagmati Samachar Logo

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं । तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक र अराजक बनेपछि प्रहरीले सो आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ ।

प्रहरीले राजावादीको प्रदर्शनमा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार प्रसाईंलाई ठहर गरेको छ ।

प्रसाईले आफू जहाँ बोलायो त्यहीँ आउन तयार रहेको बताएका छन् ।

शुक्रबार दिउँसो राजावादी समर्थकको हिंसात्मक गतिविधिपछि प्रहरीले प्रसाईंको खोजी गरिरहेको छ ।

प्रसाईंले सामाजिक सञ्जाल फेसबुकबाटै आफू जहाँ बोलाए पनि आउन तयार रहेको बताएका छन् ।

तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले प्रसाईंको खोजी थालेको छ । प्रसाईं भने आन्दोलनले चर्को रुप लिन थालेपछि प्रहरीलाई नै पेल्दै गाडी चलाएर भागेका थिए ।