Bagmati Samachar Logo

जडिबुटी कारखानामा पनि राजावादीले गरे आगजनी

काठमाडौं । कोटेश्वरस्थित जडिबुटी प्रशोधन केन्द्रमा राजावादीहरूले आगजनी गरेका छन्। तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरबितर भएका प्रदर्शनकारीले जडिबुटी कारखानामा आगो लगाएका हुन्।

उनीहरूले त्यहाँ रहेका चारवटा गाडीमा पनि आगजनी गरेका छन्।

त्यस्तै प्रदर्शनकारीले काठमाडौँको बालकुमारीमा पनि गाडी जलाएका छन्। दुर्गा प्रसाईले आयोजना गरेको आन्दोलन सुरु हुनु भन्दा पहिला नै अराजकता तर्फ गएर वितण्डता मच्चाएको हो । उनीहरुले सञ्चारगृह, नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा पनि तोडफोड गरेका थिए।

तीनकुने क्षेत्रमा अहिले कर्फ्यु लगाएर सेना खटाइएको छ।