Bagmati Samachar Logo

प्रेस सेन्टरको अध्यक्षमा ९ जना , महासचिवमा दुई र उपमहासचिवमा एक जनाको दाबी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशन हुदैछ । महाधिवेशन चैत १६ र १७ गते काठमाडौँमा हुने भएको छ । महाधिवेशनको मिति नजिकिएसँगै चहलपहल पनि बढ्न थालेको छ ।

विधान पहिला नै पास भइसकेकाले अब महाधिवेशनबाट भावी नेतृत्व चयन हुने छ । भावि नेतृत्वको लागि पनि अहिलेसम्म अध्यक्ष पदका लागि ९ जनाले पार्टी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड सँग आफ्नो दाबी पेश गरेका छन् । बिहीबार प्रचण्ड निर्वासमा ११ जना पदाधिकारी उपस्थित भएका एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने,‘आज अध्यक्ष निवास खुमलटारमा ९ जना आकाक्षिदले आआफ्ना दाबी पेश गरेका छन् । कुनै निर्णय भने भएको छैन । अध्यक्षले पनि विकल्पमा जान सुझाव दिनु भएको छन् । हेरौ के हुन्छ ।’

नेतृत्वमा वर्तमान अध्यक्ष विष्णु सापकोटा जुगलले फेरि दोहोरिने चाहना देखाएका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष दिपेन्द्र रावल, निर्मल ज्ञवाली, लक्ष्मण खड्का, बिबिन शर्मा, मनोज घर्तीमगर र सुरेश यादवले पनि दाबी पेश गरेका छन् । यसैगरी महासचिव सन्तोष पौडेलले पनि दाबी पेश गरेका छन् ।

यी आकांक्षीमध्येबाट सहमति जुटाउन प्रचण्डले सल्लाह दिएका छन् । महाधिवेशनको सुरुवात भएकाले उद्घाटन सत्र पछि कसरी जाने भन्ने बारेमा छलफल हुने एक अध्यक्षका आकांक्षि बताउछन् । अन्तिम समयसम्म सहमति हुन नसके मात्र चुनावमा जाने तयारी पार्टीले गरेको बताइन्छ ।

अध्यक्ष प्रचण्डले आजको छलफलमा तीन विकल्पमा जान सुझाव दिएको छन् । पहिलो जुगललाई दोहराउने, दोस्रो सोपानका आधारमा वरिष्ठ उपाध्यक्ष कमल गिरीलाई अध्यक्ष बनाएर जाने । तेस्रो थ्री इन वानमा जान सल्लाह दिएको एक सहभागीले बताए । ती सहभागीले भने, ‘संस्थापन, बिच र युवालाई समेट्ने मोडेलमा जान सल्लाह दिएका छन् । संस्थापन मात्र समेट्ने मात्र होइन, बिचको मात्रै पनि होइन । युवा मात्रलाई समेट्ने मात्र पनि होइन सबैलाई सबै जेनेरेसलाई समेट्ने गरी नेतृत्व छनोट गर्नोस् ।’

यसकै नेतृत्वमा जाऊ नभनेपनि सहमतिमै नेतृत्व छनोट गर्नेगरी अगाडि बढ्न प्रचण्डले आग्रह गरेको ती नेताको भनाइ छ ।

पार्टीको तर्फबाट थप प्रस्ट पार्दै प्रचण्डले भने, ‘वरिष्ठ उपाध्यक्षलाई बनाए पनि हुन्छ । उपाध्यक्षहरू मिलेर महासचिवलाई बनाएर गए पनि हुन्छ । पदाधिकारीभन्दा बाहिरबाट कुनै फ्रेस युवालाई ल्याए पनि हुन्छ । यसैलाई बनाऊ भन्न मिल्दैन सहमतिमै नेतृत्व छनोट गर्नोस् । औपचारिक रूपमा कसैले भनेको छैन । अनौपचारिक रूपमा भनियो होला । एआईको प्रविधिसम्म नेतृत्व गर्न सक्ने सक्षम नेतृत्व छान्नोस् । जसलाई बनाए पनि पार्टीको सहयोग रहन्छ ।

रावलले आफू युद्ध पत्रकार भएको, लामो समय मिडियामा काम गरको र एआईबारे राम्रो जानकार रहेकाले नेतृत्वका लागि सक्षम भएको बताएका थिए ।

उपाध्यक्ष गिरीले संगठन हाँक्न सक्ने क्षमता र अनुभव आफूमा रहेकाले अध्यक्षका लागि योग्य भएको दाबी गरेका थिए । सकेसम्म सहमतिबाट नै नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्षका अर्का दाबेदार निर्मल ज्ञवाली र महासचिव सन्तोष पौडेलले सहमतिबाट जुगल नै अध्यक्ष भएमा आफूलाई आपत्ति नहुने धारणा राखेको अर्का एक सहभागीले बताए ।

सहमति नभए त्रिपक्षीय भिडन्त

सहमतिको प्रयास असफल भएमा अन्तिममा चुनावी मैदानमा त्रिपक्षीय भिडन्त हुने सम्भावना बलियो बन्दै अर्का एक नेताले बताएका छन् । ती नेताका अनुसार संस्थापन पक्षबाट सर्वसम्मत भएमा जुगल नभएमा ज्ञवाली र पौडेलमध्ये एक उम्मेदवार बन्नेछन्। उपमहासचिव शर्मा निकटको तर्फबाट रावल उम्मेदवार हुने छन्। पार्टी वरिष्ठ उपाध्यक्ष श्रेष्ठको तर्फबाट गिरि उम्मेदवार बन्ने छन् ।

शर्मा पक्षले गिरीलाई अध्यक्षमा सहमति गरेर आफ्नो पक्षमा ल्याउने तयारी पनि गरेको बताइन्छ । गिरी शर्मा पक्षमा आएमा रावल ब्याक हुने छन् ।

‘संस्थापन पक्षबाट जुगल अगाडि नसरे महासचिव पौडेलको सम्भावना बलियो रहेको ती नेताको जिकिर छ । निर्मल संगठनमा क्रियाशील नभएकाले पौडेललाई प्रचण्डले अगाडि सार्न सक्ने सम्भावना देखिन्छ ।

जनार्दन निकट दीपेन्द्र शर्माले महासचिवमा दाबी पेश गरेका छन् । यसैगरी बरिष्ठ उपाध्यक्ष श्रेष्ठ पक्षका सुनिल खडकाले पनि महासचिवमा दाबी पेश गरेका छन् । उपमहासचिवमा कृष्ण गिरीले दाबी गरेका छन् । कृष्ण गिरीले उपमहासचिवमा आफू उम्मेदवारी दिने भन्दै सबैसँग छलफल चलाएका एक नेताले बताए ।

नेतृत्वमा प्रेस सेन्टरको निर्वाचनमा संस्थापकहरू चाहना के रहन्छ भन्नेले पनि प्रभाव पार्ने छ ।

एक सय १९ सदस्यीय केन्द्रीय समितिमा ९९ जना प्रतिनिधिबाट चुनिने व्यवस्था विधानमा छ । २० प्रतिशत अध्यक्षको प्रस्तावमा केन्द्रीय समितिले मनोनयन गर्नेछ । २९ सदस्यीय पदाधिकारीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ९खुला ३, महिला १, समावेशी १०, महासचिव १, उपमहासचिव९खुला १, महिला १, दलित १, मधेसी १, आदिवासीरजनजाति १०, सचिव९खुला २, महिला १, समावेशी १, प्रत्येक प्रदेशबाट १÷१ जना०, कोषाध्यक्ष १ रहने विधानमा व्यवस्था छ ।