स्कारपियो दुर्घटना हुँदा ८ जनाको ज्यान गयो
काठमाडौं । रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका ४ धन्सार पुल नजिकै दुर्घटना भएको हो । उक्त दुर्घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्छ ।
निजगढबाट चपुरतर्फ जाँदै गरेको बा१६च ३१६२ नम्बरको स्कारपियो दुर्घटना भएको हो । मृत्यु हुनेमा सिरहाको अर्नमा गाउँपालिका बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका ५ बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादव रहेका छन् । घाइते हुनेमा अर्नमा ३ की ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र अर्नमा ३ का ६० वर्षीया कन्यादेवी महरा छन् ।
प्रतिक्रिया दिनुहोस्: