सरकारले रबिमाथि अमानवीय व्यवहार गर्योः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारले रास्वपाका सभापतिमाथि प्रतिशोध साँधेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारले रास्वपा सभापतिमाथि अमानवीय व्यवहार गरेको पनि आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको छ । उनले यसको निन्दा गरेका छन् । केहीदिन अघि बयान लिन चितवन लगिएका लामिछानेलाई मध्यरातमै पोखरा लगेको भन्दै प्रहरी प्रशासनको आलोचना भइहेको बेला प्रचण्डको यस्तो टिप्पणी आएको हो । प्रचण्डले सरकारले गरिरहेको यस्ता अमानवीय र प्रतिशोधपूर्ण व्यवहार रोक्न गम्भीर आग्रह गरेका छन् । सहकारीको रकम गोरखा मिडिया मार्फत हिनामिनामा लामिछानेको संलग्नता भएको भन्दै प्रहरीले लामिछानेलार्ई गत कात्र्तिक २ गते पक्राउ गरेको हो । उनलाई बयानको लागि बुटवल, काठमाडौ चितवन हुँदै आज पर्सा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्: