Bagmati Samachar Logo

आज पनि पोखरामा रास्वपाको प्रद्धर्शन

काठमाडौं । रास्वपाका सभापति रबि लामिछाने पक्राउको विरोधमा पार्टी कार्यकर्ता तथा नेताहरुले आज पनि पोखरामा प्रद्धर्शन गरेका छन् । पार्टी सभापतिलाई प्रतिशोध साँधेर फसाउन खोजेको भन्दै उक्त पार्टीका नेता कार्यकर्ताहरुले गत शनिबार यता निरन्तर प्रद्धर्शन गर्दै आएका छन् । सहकारीको पैसा गोरखा मिडिया माफर्त दुरुपयोग गरेकोमा तत्कालीन संसदीय छानबिन समितिले रास्वपाका सभापति रबि लामिछानेलाई दोषी देखाएपछि गत शुक्रबार उनी काठमाडौबाट पक्राउ परेका हुन् ।

पोखरामा रास्वपा नेता कार्यकर्ताहरुले आज गरेको प्रद्धशनको फोटो फिचर ।