उपसभामुखलाई हटाउन खोजिएको थिइएनः एमाले
काठमाडौं । नेकपा एमालेले उपसभामुखलाई हटाउन खोजेको कुरा गलत भएको बताएको छ । बाहिर आए जस्तो कुनै योजना र तयारी नभएको एमालेले जनाएको छ । आइतबार एमाले मुख्य सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरलाई एमालेले हटाउन चाहेको कुरा गलत भएको बताएका छन् । उनले यो विषय उठाएर प्रमुख प्रतिपक्ष दल एमाले र रास्वपाले गलत गरेको पनि बताए ।
उपसभामुख हटाउने कुरा बे मौसमी भएको पनि उनले बताए । उपसभामुखबाट गलत भएको हो तर हामीले उहाँलाई हटाउने भन्ने कुरा अहिले नभएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: