देशबारे प्रधानमन्त्रीले भने: इतिहास गर्विलो, अवस्था खराब
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था खराब रहेको बताएका छन् ।
इतिहास गर्विलो भए पनि अहिलेको अवस्था भने प्रशंसा योग्य नभएको उनको भनाइ थियो । राजधानीको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको भविष्य भने सुन्दर रहेको पनि बताए ।
‘देश समस्यामा छ। शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ ररु ज्वरो चाहिँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ ररु ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि’ उनले भने, ‘त्यसकारण देशको अवस्था राम्रो छैन। प्रशंसा गर्न लायक छैन देशको अवस्था। देश प्रशंसा गर्न लायक छ। देशको इतिहास प्रशंसा गर्न लायक छ। गौरवपूर्ण इतिहास छ। प्रशंसा गर्न लायक छ। भविष्य उज्वल छ। त्यसमा कुनै सन्देह छैन। तर आज सन्तोष मान्न, खुशी हुन सकिने अवस्था छैन। हामीले यस अवस्थालाई बदल्नै पर्ने छ।’ प्रधानमन्त्रीको भनाइ थियो ।
अवस्था खराब रहे पनि उच्च आत्मबल, उच्च मनोबलका साथ देश सुन्दर बनाउन लाग्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: