मुख्यमन्त्री महराको पहिलो निर्णय– भष्ट्राचारविरुद्ध कार्यदल गठन
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको पहिलो निर्णय भष्ट्राचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने भएका छन् ।
शपथ ग्रहणपश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भष्ट्राचारविरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गरेका हुन् ।
मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भष्ट्राचार निवारण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवम् विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ । गठित कार्यदलले दुई महिनाभित्र कार्ययोजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने छ ।
यस्तै पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्: