Bagmati Samachar Logo

बझाङमा माओवादी प्रदेश कमिटीबाट जनक बुढा उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश कमिटीले बझाङ प्रदेश सभा १ क को उपनिर्वाचनका लागि जनकबहादुर बुढालाई उम्मेदवार बनाउन केन्द्रलाई सिफारिश गरेको छ । बुढा माओवादीका सुदुरपश्चिम प्रदेश समिति सचिव हुन् ।

सुदूरपश्चिम प्रदेश कमिटीले अगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा बुढालाई उम्मेदवार बनाउन केन्द्रीय कमिटीलाई सिफारिश गर्ने निर्णय गरेको केन्द्रीय सदस्य ओमविक्रम भाटले जानकारी दिए ।

माओवादी केन्द्रका प्रदेश कमिटी सचिव रहेका बुढा २०५६ सालमा अखिल क्रान्तिकारी हुँदै पार्टी राजनीतिमा आएका थिए । २०७० सालको दोस्रो संविधान सभा सदस्य पनि हुन् । उनी बझाङ जिल्ला अध्यक्ष र इन्चार्ज पनि भइसकेका छन् ।

बझाङमा नेकपा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।