विश्वासको मत पाएपछि प्रधानमन्त्रीको प्रतिक्रियाः मेरो जिम्मेवारी अझ बढेको छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रोपटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको बताएका छन् ।
बुधबार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रो काम तीव्र गतिमा पूरा बताए । उनले काँधमा जिम्मेवारी थपिएको जनाउँदै संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको बताए ।
उनले भने, ‘आजको संसदमा जीवन्त रुपले लोकतान्त्रिक अभ्यास भयो । बडो राम्रो संयमित वातावरणमा । यसले हाम्रो लोकतन्त्र अझ सजीव बनेको छ । अझ सुदृढ बनेको छ भन्ने मैले महशुस गरेको छु । मलाई प्रधानमन्त्रीको रुपमा जसरी विश्वासको मत प्राप्त भएको छ । तीनपटक, तीनवटा अलग अलग अनुभुति र अलग अलग अनुभव पनि भए ।’ उनले आफूलाई विश्वासको मत दिने सांसदहरू र संसदप्रति आभार पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्: