एमाले सांसदहरूलाई ओलीले भने सरकारलाई विश्वासको मत दिनू
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सांसदहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई दिल खोलेर विश्वासको मत दिन निर्देशन दिएका छन् । विश्वासको मत नदिँदा कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्ने खतरा रहेको बताएका हुन् ।
‘प्रधानमन्त्री प्रचण्डजीले अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो । त्यसैले हामीले दिल खोलेर विश्वासको मत दिनुपर्छ,’ उनले भने, ‘नत्र संविधानको धारा ७६ को उपधारा ३ अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्न सक्छ ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत नपाए मुलुक ठूलो दुर्घटनामा जाने पनि बताए । ‘हामीसँग विकल्प थिए । तर, यतिबेलक कुनै विकल्प छैन,’उनले भने, ‘विकल्प भनेको प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त संविधानको धारा ७६ को उपधारा ३ अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि । त्यसैले दिल खोलेर विश्वासको मत दिनुहोला ।’
अध्यक्ष ओलीले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने प्रधानमन्त्री प्रचण्डको निर्णय ठीक भएको बताए ।
प्रतिक्रिया दिनुहोस्: