राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माले गराए उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रियसभाको अध्यक्षका लागि माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । आज बिहान उनीहरूले संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
दाहाललाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन छ । शर्माले भने लोकतान्त्रिक समाजवादी पार्टीको साथ पाएका छन् ।
दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की रहेका छन् भने समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र मोहम्मद खालिद रहेका छन् । त्यस्तै शर्माको प्रस्तावकमा नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना रहेका छन् भने समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह रहेका छन् ।
राष्ट्रियसभा अध्यक्षका लागि सोमबार मतदान हुँदै छ । गठबन्धनमा बहुमत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: