Bagmati Samachar Logo

२६ वर्षकी शिक्षिका १४ वर्षको आफ्नै विद्यार्थीसँग भागीन

काठमाडौं । भारतको एक विद्यालयकी शिक्षिका १४ वर्षको आफ्नै विद्यार्थीसँग भागेकी छिन् । शिक्षिका आफैले पढाएको विद्यार्थीसँग भागेपछि विद्यार्थीका बुबाले प्रहरीमा उजुरी गरेका छन् ।

कक्षा ८ मा पढ्दै गरेको आफ्नो छोरा शिक्षिकासंग भागेपछि बाबुले प्रहरीमा उजुरी दिएका छन् ।

भागेका विद्यार्थी १४ वर्ष उमेरका हुन भने भाग्ने शिक्षिका २६ वर्षकी रहेकी बताइएको छ । घटना भारतको गुजरात राज्यको हो । गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागेकी हुन् ।

विद्यालयमा रहँदा उनीहरु निकै निकट थिए । शिक्षकले थुप्रै पटक शिक्षिकालाई चेतावनी पनि दिएका थिए । विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्रहरी समक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् । शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आरोप छ ।

शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि भागेपछी प्रहरीमा उजुरी दिएका हुन् । प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिसकेकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेतावनी समेत दिएका थिए ।

शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ