Bagmati Samachar Logo

माओवादीको विषेश अभियानः आजबाट सुरु हुदै, २५ लाख जनतासम्म पुग्ने लक्ष्य

काठमाडौँ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान आज शनिबारदेखि सुरु हुँदैछ । माओवादीले यो अभियानबाट २५ लाख जनताबीच पुग्ने लक्ष्य राखेको छ

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियानको उद्घाटन बिहान ९ बजे ६ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गर्ने छन्
प्रधानमन्त्री प्रचण्ड आजै दिउँसो १ बजे प्रधानमन्त्री चन्द्रागिरि–२, घट्टेडाँडा पार्कमा सहभागी हुने छन् ।
माओवादीले यो अभियानका लागि नेताहरु फरक फरक भूगोलबाट फmरक भूगोलमा खटाएका छन् ।

तीन चरणको अभियान सञ्चालन हुनेछ । वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन हुने छ । अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको छ ।

७ भौगोलीक र ३ गैरभौगोलीक प्रदेशमा कार्यविभाजन
सम्बन्धित प्रदेशका इन्चार्ज, केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बसेर केन्द्रले जारी गरेको परिपत्रअनुसार नेताहरूको कार्यविभाजन, जनपरिचालन, अभियानको मोडालिटी लगायत विषय टुङ्गिएको उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

माओवादीमा सात प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीन वटा गैर भौगोलिक प्रदेश छन् । प्रवासमा ६ वटा क्षेत्रमध्ये दक्षिण एसियाका नेता तथा कार्यकर्ता आ–आफ्नै वडामा पुगेर अभियानमा सहभागी हुने र बाँकी क्षेत्रका व्यक्तिहरूले आर्थिक सङ्कलन गरी अभियानलाई सहयोग गर्ने निर्णय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका पदाधिकारी तथा सदस्यहरू उपत्यकाका अन्तरजिल्ला पर्ने गरी कार्यविभाजन गरिएको छ ।
‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारासहित ७५३ पालिकाको ६ हजार ७४३ वडामा ८८ समूह बनाएर एकसाथ अभियान सुरु हुने छ ।

उद्घाटनको दिन सबै केन्द्रीय सदस्यहरू वडा तहमा पुग्ने र बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरू पुग्ने व्यवस्था मिलाइएको केन्द्रीय कार्यलयलका सविचल डोर प्रसाद उपाध्यायले बताए ।

कसले के गर्ने ?

परिपत्रअनुसार प्रदेश इन्चार्जहरूले आ–आफ्नो प्रदेशको अभियानको संयोजन गर्ने । प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरू र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गरेका छन् ।

अभियानमा सम्पूर्ण जनवर्गीय संगठन मोर्चाहरूलाई परिचालन गर्नका लागि जनवर्गीय संगठन मोर्चाहरूको प्रकृति अनुसार पदाधिकारीको नेतृत्वमा संयोजन समिति बनाएर सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
यसैगरी तीन महिने अभियानलाई वडा केन्द्रित गर्ने व्यवस्था गरिएको छ । वडा केन्द्रित अभियानको नेतृत्व केन्द्रीय सदस्य÷आयोग सदस्य÷सल्लाहकार आदि केन्द्रीय निकायको वरिष्ठ सदस्यले गर्नेछ ।

पार्टी केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म कुनै न कुनै वडाको अभियानमा सहभागी हुने पर्ने छ ।
जउपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको अभियानको लागि बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त टोलीले अभियान सञ्चालन गर्नेछ ।

अभियानको लक्ष्य

पार्टी सदस्यता नवीकरण र विस्तारको माध्यमबाट सदस्यता संख्या ८ लाख पु¥याउनेज । अभियान सुरु हुदा बाट सक्दासम्म पार्टी र जवस÷मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरिसक्ने ।

यो अभियानको माध्यमबाट कम्तीमा २५ लाख जनतासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने ।

पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरूले कम्तीमा १÷१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने । संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम ७ वटै प्रदेशमा एक÷एक वटा आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने ।ज

पार्टीको जुनसकुै तहको नेताहरु यो अभियानमा वडामा सक्रिय हुने ।