Bagmati Samachar Logo

माओवादीले ३३ प्रतिशत पुगाउन २४ जना महिलालाई केन्द्रीय सदस्य बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले महिलाको सहभागीता ३३ प्रतिशत पुगाउन केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने भएको छ ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थप गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा गरेका छन् ।

हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय हुनेछ ।