प्रचण्डले एमालेको रकम खाए, हिसाब केही पनि दिएनन : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग एकता भए पनि एकता हुन नसकेको बताए । एमालेको जनसंगठन समन्वय समितिको बैठकमा ओलीले प्रचण्डले नेकपाकालमा पनि माओवादी पार्टी जीवितै राखेको बताए ।
प्रचण्डले वास्तविक रूपमा पार्टी एकता हुन नदिएको ओलीको आरोप छ । ‘माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन । कतिवटा संगठन एकता भएन । भए पनि तेल एकातिर पानी एकातिर । मिक्सअप नै हुन सकेन । हुनै दिइएन ।’
नेकपा बनेपछि आफूहरूले एमालेको छुट्टै भेला बैठक नराखेको तर प्रचण्डले ती सबै गरेको आरोप लगाए । ‘हामीले कहिल्यै पनि छुटै भेला बैठक गरेनौँ । प्रचण्डले आफ्नो पार्टी जीवितै राखे । आफ्नो पार्टीको मिटिङ बैठक सबै अलग गरिनै राखे,’ उनले भने ।
पार्टी एकतापछि प्रचण्डले एमालेको रकम खर्च गरेको तर, त्यसको हिसाब नदेखाएको पनि ओलीको आरोप छ ।
‘आफ्नो हिसाबकिताव कहिल्यै बुझाएनन् । रकम कहिल्यै बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले एमालेको रकम खाए,’ ओलीले भने, ‘एमालेमा एक पैसा दाखिल पनि गरेनन् । हिसाब पनि दाखिल गरेनन् । केही पनि दाखिल गरेनन् । कार्यालय पनि दाखिल गरेनन् ।’
प्रतिक्रिया दिनुहोस्: