सुनकाण्डको जरैसम्म पुगियोस : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले केहि दिन पहिला बरामद भएको सुनको अनुसन्धान राम्रो सँग हुनु पर्ने माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै लामिछानेले गम्भीर अनियमितताका घटनामा हाँगाबिँगा मात्र काटेर बस्न नहुने बताएका हुन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले शुरूआत गर्यो, अड्कियो । ललितानिवासमा पनि जरोसम्म पुगेन । सुनकाण्डमा अरोपीको नाम आउँछ, तर जरोमा जाँदैन कि भन्ने देखिइरहेको छ,’ लामिछानेले भने, ‘पर्याप्त अनुसन्धान गरेर टुंगोमा पुर्याउनुपर्छ ।’
केही कर्मचारीको सरुवासम्म मात्र यसलाई सीमित नपार्न उनले माग गरे ।
सुनकाण्ड गम्भीर विषय भएको भन्दै रविले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्: