बागमती प्रदेश सभा बैठकमा विनियोजित बजेटमाथि छलफल
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा सरकारद्वारा सार्वजनिक गरिएको विनियोजित बजेटमाथि छलफल भएको छ ।
प्रदेश सरकारले ल्याएको विनियोजित बजेटमाथि छलफल गर्न बिहान ११ बजे बोलाइएको प्रदेश सभा साढे ३ घण्टा ढिला गरी २ः३० बजेबाट सुरु भएको थियो ।
उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेटमाथिको छलफलको क्रममा प्रदेश सभाका सदस्यहरुले उठाएका प्रश्नहरुको उत्तर दिएका थिए । मन्त्री लामाले सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि ल्याएको बजेटलाई सन्तुलित र समानुपातिक एवम् व्यवहारिक रुपमा कार्यान्वयन गर्दै लैजानेतर्फ सरकार गम्भीर रहेको बताए ।
उनले बजेट प्रस्तुतको क्रममा केही कमिकमजोरी र अव्यवहारिक पक्षलाई आत्मसमिक्षा गरेर प्रतिपक्ष दलहरुले उठाएको मागहरुलाई सरकारले गम्भीरतापूर्वक लिने र केही समयभित्र ती मागहरुलाई बजेटको कितावमा समावेश गरिने दृढता व्यक्त गरे । उनले बजेटले आगामी वर्षहरुमा कृषिको उत्पादन गर्न, गुणस्तरीय शिक्षाको विकास र स्वास्थ्य उपचार सेवालाई गुणात्मक रुपमा प्रदेशको हरेक अस्पतालहरुलाई स्तरोन्नती गरी अगाडि बढाउने प्रयास गर्ने पनि उल्लेख गरेका छन् ।
यस्तै, सो बैठकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाल प्रदेश सरकारद्वारा ल्याएको विनियोजित बजेट विभेदकारी, अव्यवहारिक र राजनीतिक स्वार्थको लागि ल्याइएकोले तीनदेखि संसद्लाई अवरुद्ध गर्नु बाध्यता परेको बताए । उनले प्रतिपक्षहरुले उठाएका योजनालाई क्रमशः सरकारले बजेट पुस्तिकामा समावेश गरी कार्यान्वयन गर्दै लैजाने विश्वास गरी आजबाट प्रदेश सरकार र प्रतिपक्ष दलसंँग सहमति भएको उल्लेख गरे ।
त्यस्तै, राप्रपा संसदीय दलका नेता उद्धव थापाले संसदलाई नियमित संचालन गरी बजेटलाई पारित गर्नुपर्ने अवस्थामा बाध्यतावंस् बजेट वक्क्तव्यमा विभेदकारी देखिएको बताउँदै उक्त विभेदकारीलाई पुनः संशोधन गरी आवश्यकता अनुसार कार्यान्वयन गर्दै लैजाने सरकारसँग सहमति भएको बताए । साथै उनले सरकारले पनि सोही सहमति अनुसार, कार्यान्वयन पक्षलाई दरिलो र दरिद्र बनाउनुपर्नेमा जोड दिए ।
यसैगरी, सो अवसरमा बोल्दै नेमकिपाका सदस्य सृजना सैजूले सरकारले ल्याएको बजेटलाई सन्तुलित र परिपक्क ढंगबाट सार्वजनिक हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारले जनताप्रति जिम्मेवार हुनुपर्ने अवस्थामा दलगत स्वार्थको लागि मात्रै उपयोग गरिएको आरोप लगाए । उनले बजेटले जनतालाई भरोसा दिन नसक्ने अवस्थामा सरकारले अब आत्मसमिक्षा गरेर कार्यान्वयन पक्षलाई दरिलो र प्रभावकारी बनाउन स्झव दिएकिी छन् ।
आगामी प्रदेश सभाको अर्को बैठक असार १९ गते मंगलबार अपराह्न ३ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्: