प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नुस् : ओली
हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका हुन् ।’
ओलीले उनले भने, ‘ प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस् । यसमा भिजन नै छैन । पुनर्लेखन गर्न समय दिन आफूहरू तयार छौं।’
‘ यो फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस् । हामी नीति तथा कार्यक्रम पुनर्लेखन गर्न समय दिन तयार छौँ, उनले भने, देशको अर्थतन्त्रलाई अगाडि बढाउने खालको नीति तथा कार्यक्रम ल्याउनुस् ।
प्रतिक्रिया दिनुहोस्: