Bagmati Samachar Logo

एमाले बैठक : नेताले गुटबन्दी गरे, तल्ला कमिटीको कुरा नेताहरुले सुन्दैनन्

काठमाडौं । नेकपा एमालेको जारी बैठकमा नेताहरुले गुटबन्दी गर्दापार्टी कमजोर भएको कुरा उठेको छ । बैठकमा समुहगत छलफलमा नेताहरु गुटमा रमाउदा तल्ला कमिटीका कुरा सुन्नै  छोडेकोा आरोप लागेको छ ।

प्रदेशका अध्यक्षले समुहगत छलफलको निस्कर्ष सुनाउने क्रममा नेताहरु पार्टीको काममा भन्दा पनि गुट बनाउन थालेका पार्टी कमजोर भएको सामुहिक रुपमा कुरा आएको छ ।
समुहगत रुपमा भएका छलफलको निस्कर्षमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नु पर्ने माग उठेको छ । समानुपातिक प्रणाली ठिक भएपनि यसको प्रयोग गलत भएकाले हटाउनु पर्ने माग उठेको एक केन्द्रीय सदस्यले बताए । उनले भने, समुहगत छलफलको निस्कर्ष सुनाउने क्रममा केहि प्रदेशका पार्टी अध्यक्षहरुले समानुपातिक निर्वाचन प्रणाली खारेज हुनु पर्ने । कार्यकारी प्रधानमन्त्री प्रणालीमा जानु पर्ने । धर्म निरपेक्ष होइन धर्म सापेक्षता हुनु पर्ने माग उठेका छन् ।

संविधानले दिएका अधिकारहरु माथि नै प्रश्न उठेका थिए । तर यी सुझावहरुलाई पार्टीले छलफल गरेर निस्कर्ष निकाल्छ । तर पार्टीभित्र पनि संविधानले दिएका अधिकारलाई कसैले चाहदैमा बदल्न नसक्ने केन्द्रीय सदस्य झपट बोहरा बताउछन् ।

बैठकमा पार्टीले एक वर्षमा गर्ने कामको खाका तयार गर्नु पर्ने । ठोस रुपमा कार्ययोजना ल्याउनु पर्ने माग पनि उठेका छन् । समुहगत छलफलको निस्कर्ष सुनाउने क्रममा कसैले पनि संघीयता खारेज हुने माग नउठाएको केन्द्रीय सदस्य निरज आचार्यले बताए । उनले भने, ‘कसैले समुहमा छलफल गर्दा कुरा उठाए होलान । तर प्रदेश नेतृत्वले यो बारेमा कसैले पनि राखेनन् ।’

पार्टीका कमिटी चुस्त र दुरुस्त बनाउनु पर्छ । पार्टी प्रवेश गरेर आएकालाई क्षमता अनुसारको जिम्मेवारी दिनु पर्छ । पार्टीमा अराजकता बढेको छ । पार्टी विरुद्ध कार्य गर्ने लाई सजाए हुनु पर्छ । पार्टी सदस्यता व्यवस्थीत गर्नु पर्छ । कमिटी साना बनाउनु पर्ने जस्ता कुराहरु सबै प्रदेशबाट आएका आचार्यले बताए ।
उनले भने, ‘काम गर्ने र नगर्नेको बारेमा मूल्याकन प्रणाली हुनु पर्छ । भ्रष्टाचारमा संलग्नलाई कारवाहि गर्नु पर्छ । अराजकता बढेको छ । वैचारीक प्रशिक्षण भएन । यसलाई बढाउनु पर्छ ।’

नेतृत्वले मनमानी गर्नु भएन । तलका कमिटीका सिफारिसलाई आधार मान्नु पर्यो । नेताहरुले गुट बन्दी गर्नु भएन । तल्ला कमिटीमा समस्या कम छन् । माथिल्लो कमिटीबाट गुटबन्दी भए । यसलाई हटाउनु पर्ने । नेतृत्वले बिचका व्यक्तिका कुरा सुनेर निर्णय गर्ने प्रद्धति हटाउनु पर्ने । टिकट वितरण गर्दा गलत भएकाले हारव्यहोर्नु परेका कुरा उठेको पोलिट व्युरो सदस्य रामदयाल मण्डलले बताए । उनले भने,‘बैठकमा प्रदेश प्रदेशका छलफलको निर्णयमा नेताहरुले गुट बनाएको । गुटबबन्दीले पार्टीमा समस्या आएको । पार्टी प्रणाली व्यवस्थीत गर्नु पर्ने । केन्द्रले निर्णय गर्दा जिल्ला र प्रदेशले गरेका सिफारिसलाई हेरेर गर्नु पर्छ ।’

७० वर्षभन्दा माथिकाले पार्टी सदस्यता लिन चाहेमा निशुल्क पार्टी सदस्यता विरतण गर्नु पर्ने । पार्टी सदस्यको दोहरो प्रणाली राख्ने । अभिलेख प्रणाली राख्ने । प्रवासमा रहेका नेपालीलाई पार्टीमा किमिटेट गर्ने । विदेशमा बसेकाले घरमा फोन गरेर यो पार्टीलाई भोट दिनु भनेर भन्छन् । उनीहरुलाई कमिटीमा जोड्नु पर्ने कणाली प्रदेशको सुझाव रहेको आचार्यले बताए ।
युवाहरुलाई पार्टीमा केन्द्रीत गर्ने

एमालेका तल्ला कमिटीका नेता कार्यकर्ता अडिग छन् । तर नेताहरुले माथि मिलाउन नसक्दा समस्या उत्पन्न भएको अधिकाशं प्रदेशबाट सुझाव आएका छन् ।
एमालेमा युवाहरुलाई प्रोत्साहन दिनुपर्ने । युवा मैति कमिटी बनाउनु पर्ने ।जनजिविका सवाल, महंगी, भ्रष्टाचारका विरुद्ध एमालेले बोल्नु पर्छ । यी विषय लक्षीत कार्यक्रम ल्याउनु पर्ने कुरा समुहगत रुपमा बढी आएका केन्द्रीय सदस्य पदम गिरीले बताए ।

समुहगत छलफलमा पार्टी कार्यलय व्यवस्थित गर्नु पर्ने । पार्टी सदस्यता नविकरण गर्ने काम अषाढ मसान्तसम्म राख्नु पर्ने । नेपाली युवा जति विदेशमा भएकाले पार्टीले पनि विदेशमा पनि कमिटी बनाउनु पर्ने । युवाहरुलाई संगठित गर्नु पर्ने सmुझाव आएका केन्द्रीय सदस्य लिला श्रेष्ठले बताए ।
शनिबार बिहान ८ बजे स्थायी कमिटीको बैठक बस्ने छ । दिउसो १ बजे केन्द्रीय कमिटी बैठक बसेर भोली नै सकिने छ ।