Bagmati Samachar Logo

बारा-२ मा जसपाका उपेन्द्र यादव विजयी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा २ मा विजयी भएका छन्।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका छन् ।

निर्वाचन आयोगका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत र कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन्।

पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन्।

उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन्।