Bagmati Samachar Logo

तीनवटै निर्वाचन क्षेत्रमा ओवादीले उम्मेदवार नउठाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीनवटै क्षेत्रका उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ ।
विभिन्न कारणले आउदो वैशाख १० गते हुने उपनिर्वाचनमा माओवादी केन्द्रले चितवन २ र बारा २ र तनहुँ १मा उम्मेदवार नउठाउने भएको छ ।
आउदो वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुदै छ । तनहुँमा भने माओवादीले आज निर्णय गर्ने छ । सत्तागठबन्धन भएकाले गठबन्धन का उम्मेदवारलाई सहयोग गर्ने भन्दै दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले बताए ।
चितवन २ मा माओवादीले कांग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठलाई समर्थन गर्ने निर्णय गरेको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए ।
पार्टीले गठबन्धनका उम्मेदवार समर्थन गर्ने निर्णय भएकाले माओवादीले उम्मेदवार नउठाउने अधिकारीले बताए ।
यस्तै तनहुँ १ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको माओवादी केन्द्र तनहुँका संयोजक मदन आलेले बताए । उनले भने,‘अहिले केन्द्रबाट सत्तागठबन्धनका उम्मेदवार भट्टराईलाई समर्थन गर्ने सर्कुलर आएको छ । त्यहि अनुसार यहाँ माओवादीले उम्मेदवार उठाउदैन ।’ तनहुँका माओवादी नेताहरूले पार्टीकै उम्मेदवार उठाउनुप¥यो भन्दै हिजो शनिवार प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।
यस्तै बारा २ मा सो पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ । उक्त क्षेत्रमा यसअघि जसपाले जितेकाले माओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने उपाध्यायले बताए ।
माओवादीले तनहुँ १ बाट चुनाव लड्न पार्टीका केन्द्रीय कोषाअध्यक्ष श्रीराम ढकालसहित ओमकुमारी पौडेल, क्षितिज लामिछाने, सूर्यबहादुर गौलीको नाम सिफारिस गरेको आलेले बताए । तर कोषाध्यक्ष ढकालले चुनाव नलड्ने घोषणा गरेका थिए । अन्तिम सम्म पनि तनहुँका माओवादीले आफ्नै उम्मेदवार हुनु पर्ने अडान राखेका थिए तर केन्द्रले कांग्रेस उम्मेदवारलाई सहयोग निर्देशन दिएपछि पछाडि हटेका छन् ।