Bagmati Samachar Logo

सत्ता गठबन्धनमा यसरी भयो मन्त्रालय भागवण्डा

काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा करिब करिबब टुंगिएको छ । बुधबार दुईपटक बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको भागण्डामा सहमति जुटेको हो । बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले गठबन्धनमा मन्त्रिपरिषद् विस्तारबारे एकसरो सहमति जुटेको बताए ।

मन्त्रालयको संख्यामा कुरा मिले पनि मन्त्रालयबारे भने अझै स्पष्ट भइसकेको छ । यद्यपि बुधबार जंख्यामा जुटेको सहमतिमा नेकपा एकीकृत समाजवादी भने सन्तुष्ट छैन । उसले कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको भए पनि बुधबार सो पार्टीको भागमा दुई मन्त्रालय मात्र परेका छन् ।

बालुवाटार स्रोतका अनुसार कांग्रेसको भागमा ८ वटा मन्त्रालय परेको छ भने माओवादी केन्द्रको भागमा पाँच मन्त्रालय परेको छ । यस्तै, नेकपा एस २, लोसपा १, उन्मुक्ति १, प्रभु शाह १, जनमतलाई १ राज्यमन्त्री थप, नेसपा १ र जसपा २ लाई मन्त्रालय भाग परेको छ ।